१२ असार २०८१, बुधबार

सिंहदरबारमा प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक


प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

आज दिउसो बस्न लागेको मन्त्रिपरिषद्को नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेण्डामाथि छलफल हुने बुझिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !