१२ बैशाख २०८१, बुधबार

फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउने निर्णयको देउवाद्वारा विरोध


sher bahadur deawa

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा दिदै सरकारले ल्याएको नीति तथा कार्यक्रम लागू हुन नसक्ने बताउनुभएको छ । व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सभापति देउवाले सरकारमा रहेका दलहरुले नै अहिलेको सरकारलाई म्यादी भन्ने गरेको बताउनुभयो ।
सभापति देउवाले देशमा स्थानीय निकायको चुनाव आवश्यक रहे पनि स्थानीय निकायको पुर्नंसंरचना पछि मात्र चुनावमा जानु पर्ने बताउनुभयो । सरकारले घोषणा गरे अनुसार मंसिरमा स्थानीय निकायको चुनाव हुन नसक्ने उहाँले बताउनुभयो ।

कांग्रेस सभापति देउवाले काठमाडौं–तराई–मधेस जोड्ने द्रुत मार्ग सरकारले आफैंले बनाउने घोषणाको पनि विरोध गर्नुभयो । कांग्रेस नेतृत्वको सरकारले द्रुत मार्ग निर्माणको जिम्मा यसअघि नै भारतीय कम्पनीलाई दिएको थियो । अन्तराष्ट्रिय लगानी कर्तालाई दिइसकेको ठेक्का खोसेर सरकारले आफैंले बनाउछु भन्नु उचित नहुने र यसले लगानीको वातावरण विग्रने दावी पनि गर्नुभयो । ठेक्का खोसेर सरकार आफैंले द्रुत मार्ग बनाउँदा अन्तराष्ट्रिय लगानीकर्ता माझ राम्रो सन्देश नजाने उहाँले बताउनुभयो ।

१० वर्षमा १० हजार मेगावाट विजुली निकाल्ने योजना महत्वकांक्षी रहेको भन्दै यो सफल नहुने दावी पनि उहाँले गर्नुभयो । काम नगर्नलाई नै हल्ला गर्न सरकारले महत्वकांक्षी योजना अघि सारेको आरोप उहाँले लगाउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु