११ आश्विन २०८१, शुक्रबार

शेखरको स्पष्टोक्ति : विधि विपरीत थपिएका सदस्यता खारेज नभई महाधिवेशन हुँदैन


काठमाडौं । नेपाली कांग्रेसका नता डा. शेखर कोइरालाले विधि विपरीत थपिएका क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् ।

समाजिक सञ्जाल ट्विटरमा आज बिहान लेख्दै उनले केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान नसकिने धारणा राखेका हुन् ।

यद्यपि उनले तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका क्रियाशील सदस्य मात्र स्वीकार हुने प्रष्ट पारेका छन् ।

क्रियाशील सदस्यता वितरण तथा छानबिन सबै प्रक्रियासंगत नभएको भन्दै बारा, रौतहट कैलाली सहितका विभिन्न जिल्लाका कांग्रेस नेता-कार्यकर्ता पार्टी कार्यालय सानेपामा धर्नामा छन् । धर्नाका कारण कांग्रेसका बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्दै आएको छ ।

उनले लेखेका छन्, “तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्‍याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !