६ बैशाख २०८१, बिहिबार

अर्थमन्त्री शर्माको घोषणा : ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउने


जनार्दन शर्मा प्रतिनिधिसभा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउने घोषणा गरेका छन् ।

प्रतिनिधिसभामा सरकारले ल्‍याएको आर्थिक श्वेतपत्र जारी प्रस्तुत गर्दै शर्माले सो घोषणा गरेका हुन् । यस्तै अर्थमन्त्री शर्माले देशको सञ्चित कोष १ खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिएका छन् ।

संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६ मा पुगेको स्मरण गराएका छन् ।

देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्दै शर्माले अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड-१९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !