१२ आश्विन २०८१, शनिबार

बाबुरामले गरे अर्ली इलेक्सन आउन सक्ने संकेत


डा. बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अर्ली इलेक्सन आउन सक्ने संकेत गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा हिजो लेख्दै उनले प्रतिगमनको खतरा अझै कायम नै रहेको चेतावनी दिएका हुन् । उनले कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है भनेर लेखेका छन् ।

पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ भनेर संकेत गरेका हुन् । उनले पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ भन्दै ढुक्क भएर आ-आफ्ना पार्टी वा गुटतिर नफर्कौं भनेर लेखेका छन् ।

उनले लेखेका छन्, ‘कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ । अत:ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !