१३ बैशाख २०८१, बिहिबार

काँग्रेसमा तीन दिनभित्र क्रियाशील सदस्यता बारेको विवाद टुंगो लगाउने सहमति


शेरबहादुर देउवा, रामचन्द्र पौडल र कृष्णप्रसाद सिटौला फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ ।

नेपाली काँग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद ३ दिन भित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा आज भने अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानवीन समितिका संयोजकसमेत रहेका नेता रमेश लेखकले जानकारी दिए ।

बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ । महाधिवेशनको कार्यतालिका अहिलेनै प्रभावित भईहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शिर्ष तहमा यसको टुंगो २ दिन भित्र लगाउने गरी छलफल भईरहेको बताए ।

यसअघि उनीहरुले क्रियाशिल सदस्यता विवाद टुंगो लगाउन पाँच दिनको समय मागेका थिए । उक्त अवधिमा पनि विवाद समाधान नहुँदा थप तीन दिनको समय मागेका हुन् । बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका पनि दुई दिनभित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !