काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज मंगलबार हुने भनिएको बहुप्रतिक्षित भेटवार्ता अचानक स्थगित भएको छ ।
पार्टी एकताका सम्वन्धमा वान-टु-वान भेटवार्ता गर्न ओली र नेपाल भेट्ने लगभग निश्चित भएपनि एकता प्रक्रियाका विभिन्न विषयमा सहमति नजुट्दा नेताद्वयबीचको भेटवार्ता स्थगित भएको हो ।
नेपाल समूहका एक नेताका अनुसार दुई नेताबीच भेट्ने सहमति भएपनि कतिपय विषयमा अझै अस्पष्टता भएका कारण भेट नहुने भएको हो । एमालेमा ओली र नेपाल समूहबीचको विवादका कारण पार्टी एकताको सम्भावना कमजोर हुँदै गएको छ ।
आज मात्र एमालेका वरिष्ठ नेता नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका थिए । उक्त भेटघाटमा समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा दुई जनाबीच छलफल भएको थियो ।
यो पनि पढ्नुहोस्