१४ बैशाख २०८१, शुक्रबार

सत्तारुढ दलको कार्यदल बैठक बालुवाटारमा सुरु


सत्ता साझेदार दल

काठमाडौं । सत्ता साझेदार दलहरुको कार्यदलको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सुरु भएको छ । बालुवाटार स्रोतका अनुसार सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न बैठक बसेको हो ।

पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदललको पहिलो बैठकमा सरकारका कार्यक्रमबारे प्रारम्भिक छलफल भएको थियो । आजको बैठकमा मिहिन रुपमा छलफल हुने र न्युनतम साझा कार्यक्रम तय गर्ने स्रोतले बतायो ।

कार्यदलमा संयोजक खड्कासहित कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरु रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !