१४ बैशाख २०८१, शुक्रबार

माधव नेपाल जस्ता नेताहरुलाई पार्टीमा कुनै ठाउँ छैन : अध्यक्ष ओली 


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको स्पष्ट पारेका छन् । आज शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा ओलीले यस्तो कुरा बताएका हुन् ।

उनले वामपन्थीको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात गर्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई ठाउँ नभएको ओलीले बताएका हुन् ।

तर ओलीले बाटो बिराएका एमाले नेताहरू जो माधवकुमार नेपालको पक्षमा रहेकाहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको बताए । पार्टीमा बाटो बिराउनेहरुका कारण ठूलो क्षति भएको भन्दै ओलीले ‘मुख्य मुख्य अपराधी’ बाहेक अरु भने पार्टीमा फर्किन सक्ने बताए ।

पार्टीमा खुट्टा तान्नेहरूलाई बाहिर पठाइने ओलीको भनाइ थियो । तर पार्टी एकताका नाममा धेरै कुर्न नसकिने अध्यक्ष ओलीले बताए । अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे ।

आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने पनि ओलीले बताए । ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् ।

२०७४ सालको निर्वाचनमा अर्को पक्षले कमजोर उम्मेदवारलाई टिकट मागेको र दिनपरेकाले पनि बहुमत आउन नसकेको बताए । एमाले अहिले पनि संसदमा ठूलो पार्टी भएको उनको भनाइ थियो । साथै उनले नेपाल पक्षमा लागेका केही नेताहरूसँग छलफल भइरहेको पनि जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु