७ बैशाख २०८१, शुक्रबार

जसपा संसदीय दलको नेताको चुनाव आज हुँदै


उपेन्द्र यादव-बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता आज छान्दैछ । विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले आज शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको थियो ।

सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको थियो । प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये २ जना निलम्बित छन् । बाँकी ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा छन् । बाँकी २२ मध्येबाट संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ ।

यसअघि नै बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ । स्रोतका अनुसार पार्टीका शीर्ष नेतामध्येबाट संसदीय दलको नेता चयन हुने सम्भावना छ । देउवा सरकारमा उपप्रधानमन्त्री पाउने अवस्थामा पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने सम्भावना रहेको स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !