५ जेष्ठ २०८१, शनिबार

माधव नेपाललाई भेट्न प्रचण्ड पुगे कोटेश्वर


प्रचण्ड-नेपाल

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटे लगत्तै प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास पुगेका हुन् ।

सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरे पनि नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेकाले सरकारमा सहभागी हुनेबारे प्रष्ट कुरा राखेका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !