१२ असार २०८१, बुधबार

समयसीमाभित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ : शेखर कोइराला


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले तोकिएको समयसीमा भित्र काँग्रेसको चौधौं महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी रहेतापनि पूर्व निर्धारित कार्यतालिकाको पालना नभएको स्पष्ट पारेका छन् ।

उनले अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेकोले यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेकोले पार्टीको सम्पुर्ण कार्यकर्ताहरुमा गहिरो चिन्ता छाएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी छ। तर पूर्व निर्धारित कार्यतालिकाको पालना भएको छैन।अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन।यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र पार्टीको सम्पुर्ण साथीहरुमा गहिरो चिन्ता छाएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !