१२ असार २०८१, बुधबार

पूर्वमन्त्री शर्माले भने, ‘१० वर्षभित्र सामाजिक न्यायसहितको समृद्ध कर्णाली’


janardhan-sharma

२ चैत, काठमाण्डौ । पूर्वमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश सरकारको आयोजनामा आज ललितपुरको कुपण्डलमा आयोजित कर्णाली प्रदेशको विकास र समृद्धिको आधार विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अवको १० वर्ष भित्र कर्णाली प्रदेशलाई सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न संभव भएको बताएका छन् ।

‘अहिले कर्णाली प्रदेशलाई अति गरीब प्रदेशको रुपमा लिइने गरिन्छ’ अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री शर्माले भने, ‘मेरो विचारमा कर्णाली सम्भावना, सामाजिक न्याय र समृद्धिको नयाँ नाम हो ।’

पूर्वमन्त्री शर्माले कर्णालीप्रदेश सरकारलाई तत्कालै प्राकृतिक श्रोतको नक्साँकन गर्दै त्यसको परिचालनको योजना निर्माणमा लाग्न आग्रह गरे ।

उनले कर्णाली प्रदेशको जलश्रोतको मात्रै उपयोग गर्दा सिंगै मुलुकले भोगिरहेको खर्वौंको अन्तराष्ट्रिय व्यापार घाटालाई शून्यमा झार्न सकिने धारणा पनि राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !