१२ पुस २०८१, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने


शंकर पोखरेल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने तयारी गरेका छन् । विपक्षी दलको माग अनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले लुम्बिनी सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्रीले चाँडै प्रदेशसभाबाट विश्वासको मत लिने बताए ।

प्रवक्ता चौधरीले जनता समाजवादी पाटी (जसपा) को विवादमा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपनि त्यसले लुम्बिनीमा तत्काल फरक नपार्ने बताए ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !