२ जेष्ठ २०८१, बुधबार

कांग्रेसका क्रियाशील सदस्य पुगे ८ लाख ५२ हजार ७११, अझै १ लाख थपिने


कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझायो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या पुग्यो ८ लाख ५२ हजार ७११ पुगेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको छ ।

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आज मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई समितिले क्रियाशील सदस्यताको प्रतिवेदन बुझाएका हुन् ।

लेखक संयोजक रहेको ७ सदस्यीय समितिले करीब डेढ महिना लगाएर सदस्यताको काम सम्पन्न गरेका हो । यद्यपि समिति सदस्य कल्याण गुरुङले प्रतिवेदनमा आफ्नो फरक मत राखेका छन् ।

१४ औं महाधिवेशन गर्न कांग्रेसले यतिधेरै क्रियाशील बनाएको छ । जुन संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर हो । सो विवाद टुंगिएपछि क्रियाशीलको संख्या झन्डै १ लाख थपिने आंकलन गरिएको छ ।

विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील अझै टुंगिएका छैनन् । क्रियाशील सदस्य वडा अधिवेशनका मतदाता हुन् । उनीहरूबाटै क्षेत्रीय प्रतिनिधि चुनिएर महाधिवेशनका लागि प्रतिनिधि बन्छन् र केन्द्रीय कार्यसमिति बनाउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !