४ बैशाख २०८१, मंगलबार

नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझायो


कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझायो

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको छ । कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आज मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई समितिले क्रियाशील सदस्यताको प्रतिवेदन बुझाएका हुन् ।

लेखक संयोजक रहेको ७ सदस्यीय समितिले करीब डेढ महिना लगाएर सदस्यताको काम सम्पन्न गरेका हो । समितिका अनुसार कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पुगेको छ ।

यद्यपि समिति सदस्य कल्याण गुरुङले प्रतिवेदनमा आफ्नो फरक मत राखेका छन् । १४ औं महाधिवेशन गर्न कांग्रेसले यतिधेरै क्रियाशील बनाएको छ । जुन संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु