फाइल फोटो
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन् ।
राष्ट्रपति भण्डारीलाई स्वास्थ्यमा कुनै समस्या नभएर नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
राष्ट्रपति भण्डारी बिहान ९ बजे त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनले प्राय: सरकारी अस्पतालमै स्वास्थ्य परीक्षण गराउने गरेकी छन् ।