७ बैशाख २०८१, शुक्रबार

नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त


उमेश श्रेष्ठ फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद् श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैले राख्दै आज आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (९) बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ । राज्यमन्त्रीमा श्रेष्ठ नियुक्ति भएसँगै प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ ।

नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !