१२ बैशाख २०८१, बुधबार

हिन्दूवादी युवाहरू बाबुरामसँग आक्रोशित, जलाए भट्टराईको पुत्ला


बाबुराम भट्टराईको पुत्ला

काठमाडौँ । विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग आक्रोशित भएर उनको पुत्ला जलाएका छन् ।

हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै विश्व हिन्दू परिषद नेपालले राजविराज, वीरगन्ज जस्ता देशका मुख्य शहरहरूमा भट्टराईविरुद्ध आज प्रदर्शन गरेका छन् । सनातन नेपाली हिन्दूवादी विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।

भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आतित्यनाथ विरुद्ध अभद्र टिप्पणी गरेको भन्दै विश्व हिन्दु परिषद नेपालले पुर्वप्रधानमन्त्री भट्टराईको परिषद्का स्वयंसेवकहरुले सप्तरीको सदरमुकाम राजविराजमा भट्टराईको पुत्ला दहन गरेका हुन् ।

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालाले भट्टराईले गरेको ट्वीटप्रति आपत्ति जनाएका थिए । डा. भट्टराईले भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाइरहेको तस्वीर ट्वीट गरेका थिए ।

उक्त तस्वीरमा लेखिएको विषयले हिन्दूहरूको अपमान भएको भन्दै सर्वत्र आलोचना भइरहेको अवस्थामा भाजपाका विदेश विभाग प्रमुख चौथाइवालाले पनि आपत्ति जनाएका थिए । उनले डा. भट्टराईले इदको अवसरमा हिन्दूहरूको अपमान गरेको आरोप लगाएका छन् ।

भट्टराईले भारतीय सहपाठीमार्फत पाएको तस्वीर भन्दै आदित्यनाथको तस्वीर ट्वीट गरेका छन् । उक्त तस्वीरमा ‘विश्वास खतरनाक चिज भएको र त्यसले दूध फालेर मुत्र पिलाउने’ भनाइ उल्लेख छ ।

सोही अभिव्यक्ति मुख्यमन्त्री आदित्यनाथले नदीमा दूध चढाइरहेको तस्वीरमा राखेर सामाजिक सञ्जालमा पोष्ट गरिएपछि हिन्दू धर्मप्रति आस्था राख्ने व्यक्तिहरूले आपत्ति जनाएका छन् । भट्टराईको ट्वीटप्रति राप्रपा अध्यक्ष कमल थापाले पनि आपत्ति जनाउदै आगोसँग नखेल्न भट्टराईलाई चेतावनी पनि दिएका थिए ।

बहुसङ्ख्यक सनातन धर्मावललम्बीहरुले आफ्नो आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको भनेर भट्टराईलाई आरोप लगाएका छन् । हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष परिषद्ले माग पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !