७ बैशाख २०८१, शुक्रबार

देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, कति मन्त्रालय दिने ?


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट ठाकुर पक्षको माग र सरकारमा सहभागीताका विषयमा केन्द्रित रहेको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बिहान साढे नौ बजे बालुवाटार पुगेका थिए । देउवालाई संसदमा ठाकुर पक्षलाई विश्वासको मत दिएको थियो । त्यसअघि देउवाले ठाकुर पक्षका नेताहरुसँगको छलफलमा उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिएका थिए ।

ठाकुर समुह सरकारमा सहभागी हुने सम्भावना बढेको छ। ठाकुर समूहले ४ मन्त्रालय माग गरेको एक नेताले जानकारी दिए। त्यो संगै रेशम चौधरीको रिहाईको माग गरेको छ।

उता उपेन्द्र यादव समूह पनि सरकारमा सहभागी हुने भएको छ। यादव समूहलाई ६ मन्त्रालय दिने भएको छ। तर थप ७ मन्त्री र एक राज्यमन्त्रीको माग गरेको छ।

यादव समूहले मन्त्रीको नाम टुंगाउने तयारीमा छ। माओबादी केन्द्रलाई पनि ६ मन्त्रालय र कांग्रेसलाई ६ र माधव नेपाल समूहलाई ६ मन्त्रालय दिने भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !