८ बैशाख २०८१, शनिबार

ओली र विप्लवबीच भेटवार्ता


केपी ओली र विप्लववीच भएको भेटवार्ता केपी ओली र विप्लववीच भएको भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए ।

स्रोतका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौं, त्यसअनुसार नै अगाडि बढ्न चाहन्छौं भनेका थिए । उनीहरुले १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो थियो ।

‘कानूनी जटिलता थिए, त्यो फुकाउने क्रममा अगाडि बढ्दै जाँदा समय नपुगेको हो । अन्यथा रुपमा लिनु हुँदैन भन्यौं’ एक नेता भने । अध्यक्ष ओलीले पनि सरकार भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !