७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएकामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्र्रगाढ बनाइने जनाउनुभएको छ । उहाँले साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !