१४ बैशाख २०८१, शुक्रबार

यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदहरु


माधवकुमार नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा बोलाएको प्रतिनिधिसभाको अधिवेशनमा देउवाले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

आजको बैठकमा २४९ जना सांसद उपस्थित रहेका थिए । विश्वासको मत प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षका ८३ सांसदहरुले मत परेको छ । १ जना सांसले पक्ष वा विपक्ष दुवैतर्फ मत नदिई मत दिन्न भन्ने पक्षमा तटस्थता देखाए ।

नेकपा एमालेका २२ जना सांसदले प्रधानमन्त्री देउवालाई प्रतिनिधिसभामा विश्वासको मतको पक्षमा मतदान गरेका छन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।

एमाले कार्यालय सचिवसमेत रहेका सांसद ओली समूहका ४ सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने ओली समूहका ४ जना सांसदहरुमा प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढा रहेका छन् ।

देउवालाई विश्वासको मत दिने नेपाल समूहका सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी रहेका छन् ।

यस्तै विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !