११ बैशाख २०८१, मंगलबार

दिल्लीमा उपचाररत झलनाथद्वारा देउवालाई विश्वासको मत दिन अपिल


झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् ।

आज एक वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् । खनालले वक्तव्यमा आफ्नो स्वास्थ्यमा क्रमशः सुधार आइरहेको पनि जानकारी दिएका छन् ।

गत असार २७ गते सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा गइरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याएको र संविधानको संरक्षण भएको पनि खनालले बताएका छन् ।

पूर्वप्रधानमन्त्री


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !