१३ बैशाख २०८१, बिहिबार

अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने विश्लेषण गरेका छन् । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालतले कीर्ते कागजलाई मान्यता दिएको आरोप लगाए ।

अध्यक्ष ओलीले निवेदक र बार एशोसिएसनको दबाबमा इजलास बनेसँगै षड्यन्त्र शुरु भएको बताए। यो फैसलामा हाम्रो सहमति नभएको तर लोकतन्त्रवादी भएकाले कार्यान्वयन गरिसकेको बताए ।

अध्यक्ष ओलीले एमालेविरुद्ध अझै षड्यन्त्र हुने भन्दै उनले अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास हुनसक्ने बताए । ओलीले ‘सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् । दमनको शुरुवात हुनसक्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !