८ बैशाख २०८१, शनिबार

देउवाले पनि ओलीको जस्तै बालुवाटारमै बोलाए कांग्रेस पदाधिकारी बैठक


एमाले स्थायी कमिटी बैठक

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जस्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बोलाएका छन् ।

अपरान्ह ३ बजेदेखि बालुवाटारमा शुरु भएको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बैठक जारी रहेको छ । बैठकमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारी अलावा अन्य नेताहरु पनि सहभागी भएका छन् ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुने बताए । यसअघि प्राय: बूढानीलकण्ठमा बस्ने बैठक आज प्रधानमन्त्री देउवा बालुवाटारमा सरेसँगै बैठकस्थल परिवर्तन गरिएको हो ।

सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाको सचिवालयले जानकारी दिएको छ । हिजो बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण स्थगित गरिएर आजको लागि बोलाइएको हो ।

प्रधानमन्त्री देउवा आज शुक्रबार बिहान आफ्नो निजी निवास बुढानिलकण्ठवाट सरकारी निवास बालुवाटार सरेका छन् । प्रधानमन्त्री देउवा आज बिहान ९:५७ बजेको शुभ साइतमा परिवारका सदस्यसहित बालुवाटार प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री देउवाले कांग्रेसको आफ्नो गुटवाट बालकृष्ण खाँणलाई गृह मन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले पौडेल पक्षवाट मन्त्रीहरुको नामावली छिटो पठाइदिन आग्रह गर्दै आएका छन् ।

काँग्रेसको रामचन्द्र पौडेल पक्षले पनि देउवा सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा हिजो कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा छलफल गरेको थियो । पार्टीभित्र सन्तुलन मिलाएर बाँकी मन्त्री टुंग्याउने काँग्रेस नेताहरुको तयारी रहेको छ ।

कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएको छ । अहिले क्रियाशील सदस्यता छानबिनको काम भइरहेको छ । कांग्रेसको नेतृत्वमा सरकार गठनपछि यो पहिलो पटक पदाधिकारी बैठक हो ।

यो पनि पढ्नुहोस्

ओलीले गरेको जस्तो गल्ती नगर्न प्रधानमन्त्री देउवालाई गठबन्धनका नेताको सुझाव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !