८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवा आज बुढानिलकण्ठवाट बालुवाटार सर्दै


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन् । प्रधानमन्त्री देउवा आज बिहान १० बजे आफ्नो निजी निवास बुढानिलकण्ठवाट बालुवाटारस्थित स्थित सरकारी निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ ।

“आज साउने संक्रान्तिको दिन पनि पर्यो, सामान्य पूजापाठ गरेर उहाँ बालुवाटार निवास सर्नुहुन्छ,” देउवा निकट स्रोतले भन्यो । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निजी निवासमा सरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !