८ मंसिर २०८१, शनिबार

साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन मन्त्रिपरिषद बैठकको सिफारिस


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ । बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !