
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । केही समय अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक शुरु भएको हो ।
आज जारी मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभाको बैठक आब्हान गर्न सिफारिस गर्ने बुझिएको छ । यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको थियो ।