९ मंसिर २०८१, आइतबार

गणेश तिमिल्सिना बने राष्ट्रियसभा अध्यक्ष


गणेश तिमिल्सिना

३० फागुन, काठमाण्डौ । सांसद गणेशप्रसाद तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार बसेको राष्ट्रियसभाको बैठकले तिमिल्सिनालाई निर्विरोध निर्वाचित गरेको हो । सभाको बुधबार बसेको बैठकले तिमिल्सिना निर्विरोध राष्ट्रियसभा अध्यक्ष बनेको घोषणा गरेको हो । राष्ट्रियसभा अध्यक्षमा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो ।

राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिनाको मात्र नाम आएकाले उनी निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्यका रूपमा राष्ट्रियसभाको अध्यक्षता गरिरहेकी तारादेवी भट्टले घोषणा गरेकी थिइन् । राष्ट्रियसभा अध्यक्षको शपथ ग्रहण बिहीबार ३ बजे हुने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !