१४ बैशाख २०८१, शुक्रबार

निवर्तमान प्रधानमन्त्री ओलीले छोडे बालुवाटार, निजी निवास बालकोट प्रस्थान


निवर्तमान प्रधानमन्त्री ओलीले छोडे बालुवाटार

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले केहि सरकारी निवास छोडेका छन् । उनी बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट प्रस्थान गरेका हुन् ।

ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै लागेका छन् । सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिने एमाले नेता महेश बस्नेतले बताए ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न आदेश दिएपछि ओली पदमुक्त भएका हुन् । प्रधानमन्त्री देउवाले सपथ ग्रहण गरिसकेका छन् । उनले चार मन्त्रीसमेत नियुक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु