७ बैशाख २०८१, शुक्रबार

देउवाको नियुक्ति पत्रमा संविधानको धारा नै गायब !


देउवाको नियुक्ति पत्रमा संविधानको धारा नै गायब !

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी गरेकी छन् ।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ तर संविधानको कुन धारा अन्तर्गत नियुक्त गरिएको भन्ने खुलाइएको छैन ।

देउवाले गत जेठ ७ गते संविधानाको धारा ७६ को उपधारा ५ बमोजिम १४९ जना सांसदको हस्ताक्षरसहतिमा राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए । संवैधानिक इजलासको फैसलाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

राष्ट्रपति भण्डारीद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !