८ मंसिर २०८१, शनिबार

एमाले स्थायी कमिटी बैठकमा भीम रावलमात्र उपस्थिति


नेकपा एमाले स्थायी कमिटी बैठक

नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो।

स्रोतका अनुसार बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी छैनन्। उनीनिकट केही स्थायी कमिटी सदस्यहरू पनि बैठकमा गएका छैनन् । उनीहरूले बैठक सार्न प्रयास गरिरहेको बताएका थिए।

एक नेताका अनुसार नेपाल समूहमा रहेका उपाध्यक्ष भीम रावल भने स्थायी कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्। नेता नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको स्वागत गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !