![स्थायी कमिटीको बैठक](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Amle_Emale-Sthai-Kamiti-Baithak.jpg?fit=960%2C589&ssl=1)
काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेका सन्दर्भमा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
कार्यदलले सहमति तयार गरेमा आजै स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ । सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको कार्यदल बैठक अहिले पनि जारी छ । कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिएका थिए ।