काठमाडौँ । माओवादी केन्द्र अवैधानिक भएको भन्दै पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा उजुरी दिन पुगेका छन् ।
स्रोतका अनुसार माओवादी केन्द्र आयोगमा दर्ता नभएको र त्यसले गरेका कारबाही वैधानिक नहुने भन्दै पूर्वमाओवादी नेता लीलाबहादुर थापाको नेतृत्वमा दिनेश पन्थी, गिरिधारिलाल न्यौपाने लगायत बुधबार उजुरी दिन अयोग पुगेका हुन् ।
‘दर्ता भएको माओवादी केन्द्र हो भने निर्वाचन आयोगमा पाँच वर्ष नाघिसक्यो । त्यसको महाधिवेशन भएको छैन । त्यसकारण दर्ता नभएको पार्टीले हामीलाई कसरी कारबाही गर्छ ? त्यो वैध हुन्छ कि हुँदैन ?,’ नेता लेखराज भट्टले भने, ‘त्यो दर्ता हो भने पनि महाधिवेशन गरेको छैन । यो दुईवटै विषयमा केन्द्रित भएर हेर्नुपर्छ भनेर हामीबीच आयोगमा उजुरी दिने सहमति भएको हो ।’