५ जेष्ठ २०८१, शनिबार

अन्तत: जसपा औपचारिक रुपमै फुट्ने, को कता ? (नामसहित)


बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्त ठाकुर र राजेन्द्र महतो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा भएपछि पार्टीको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको जसपा विभाजनउन्मुख पुगेको छ ।

यता उपेन्द्र यादव पक्षले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई साथ दिएर प्रधानमन्त्री बनाउन हस्ताक्षर समेत गरिसकेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदमा जसपाको यादव पक्ष समेतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएर अव असार २८ गते सोमबार फैसला हुने सम्भावना रहेको छ ।

आज मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको सट्टा फुटेर आ-आफ्नो बाटो तताउन सहमत भएका हुन् । आयोगले आज सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो ।

आजको बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए भने उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ । अब दुबै पक्षवीच आफ्नो पूरानो पार्टी आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ ।

आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोग स्रोतको भनाइ छ । अब निर्वाचन आयोगले आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गर्ने भएको छ ।

प्रधानमन्त्री ओलीकै कारण हतार-हतार एकता गरेर जसपा बनाएका दुवै पक्ष फेरि ओलीकै कारण विभाजनको संघारमा पुगेका हुन् । नेपालका राजनीतिक दलका शीर्ष नेताहरुको अहम् र व्यक्तिगत महत्वाकांक्षाले पार्टीमा आन्तरिक विवाद चरम रुपमा पुगेर पार्टी विभाजन हुने रोग नयाँ भने होइन ।

केपी ओलीले रणनीतिक रुपमा बाहिरिन बाध्य बनाएर मन्त्रीवाट राजीनामा दिएपछि यादवले पालोको पैचो तिर्दै ओलीलाई विश्वासको मत नदिई ओलीलाई सत्तावाट हटाउन लागिपरेका यादव केही हदसम्म सफल भएका छन् । यस्तै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको नाम बालुवाटार जग्गा प्रकरणमा आफ्नो पनि नाम जोडिएपछि उनी पनि ओलीदेखि रुष्ट भएका थिए ।

कार्यकारिणमा को कता ?

उपेन्द्र यादव पक्षधर
उपेन्द्र यादव
डा. बाबुराम भट्टराई
अशोककुमार राई
महेन्द्र राय यादव
राजेन्द्र प्रसाद श्रेष्ठ
नवराज सुवेदी
युवराज कार्की
रकम चेम्जोङ
रेणुकुमारी यादव
लालबाबु राउत
हिसिला यमी
गंगानारायण श्रेष्ठ
रनध्वज लिम्बु
राम सहाय प्रसाद यादव
डम्मर बल्लभ खतिवडा
दान बहादुर विश्वकर्मा
प्रकाश अधिकारी
मोहम्मद ईस्तियाक राई
दुर्गा सोव
परशुराम बस्नेत
प्रशान्त सिंह
भक्तबहादुर शाह
सुशीला श्रेष्ठ
विजयकुमार यादव
राजकुमार लेखी
परशुराम खापुङ्ग
हेमराज राई
मृगेन्द्र कुमार सिंह यादव
नवल किशोर साह
राम नरेश राय यादव
गजाधर रोहिता यादव

महन्थ ठाकुर पक्षधर

महन्थ ठाकुर
राजेन्द्र महतो
शरतसिंह भण्डारी
अनिलकुमार झा
राजकिशोर यादव
सर्वेन्द्रनाथ शुक्ल
वृषेश चन्द्र लाल
गोविन्द चौधरी
जीतेन्द्र प्रसाद सोनार
उमाकान्त झा
चन्दा चौधरी
लक्ष्मणलाल कर्ण
मनिष कुमार सुमन
अमृता अग्रहरी
रेशमलाल चौधरी
केशव कुमार झा
अकवाल अहमद शाह
निर्जला राउत
सुनिल कुमार झा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !