३ असार २०८१, आइतबार

दलितलाई घृणा गर्नेहरुको विभेदपुर्ण सोंच बदल्न रुपा सुनारको संघर्ष : नेता गुरुङ


धनराज गुरुङ् फाइल फोटो

नेपाली कांग्रेसका नेता धनराज गुरुङले कुकुरलाई प्रेमपुर्बक काखमा लिने तर दलितलाई घृणा गर्नेहरुको मानसपटलमा भरिएको विभेदपुर्ण सोंच बदल्न रुपा सुनारहरुको संघर्ष भएको बताएका छन्।

नेता गुरुङले सबै मान्छे भए पनि तर दलितलाई मान्छे नदेख्नेहरुलाई पहिले मान्छे बनाउनु पर्ने चुनौती समाजको सामु उभिएको बताएका छन् । सामाजिक क्रान्ति दलितको मात्रै अजेण्डा नभएको उनले बताएका छन् ।

नेता गुरुङले सामाजीक संजालमा लेखेका छन्, “कुकुरलाई प्रेमपुर्बक काखमा लिने तर दलितलाई घृणा गर्नेहरुको मानसपटलमा भरिएको विभेदपुर्ण सोंच बदल्न रुपा सुनारहरुको संघर्ष हो।सबै मान्छे नै हुन्। तर दलितलाई मान्छे नदेख्नेहरुलाई पहिले मान्छे बनाउनुपर्ने चुनौती समाजको सामु उभिएको छ।
सामाजिक क्रान्ति दलितको मात्रै अजेण्डा हैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !