८ मंसिर २०८१, शनिबार

माधव नेपाललाई प्रधानमन्त्री केपी ओलीले गरे फोन


माधव कुमार नेपाल, केपी शर्मा ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । यसअघि बिहीबार राति पनि यी दुई नेताबीच संवाद भए पनि भेटघाट गर्ने सहमति भने भएको थिएन।

स्रोतका अनुसार शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो । तर ओली र नेपाल आ–आफ्नो अडानमा कायमै छन् । अध्यक्ष ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी १८ असारमा केन्द्रीय कमिटी बैठक राखेका थिए ।

ओलीले बैठकबाट सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको चेतावनीयुक्त डेडलाइन दिएका हुन् ।

स्रोतका अनुसार अध्यक्ष ओलीले शनिबार पनि बैठक बोलाएका छन् । तर माधव नेपाल समूह यो बैठक अवैध भएको सहभागी नहुने अडानमा छ । दुवै नेता अडानमा कायमै रहँदा संकटमा परेको एमाले एकता जोगाउन भने दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

नेपाल समूहका एक नेताका अनुसार अहिले पनि दोस्रो तहका नेताहरु ललितपुरस्थित समिट होटलमा छलफलमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !