८ बैशाख २०८१, शनिबार

पार्टी र सरकारका विरुद्ध मच्चाइरहेको स्याल हुइयाँ टिक्नेवाला छैन : अध्यक्ष ओली


केन्द्रिय कमिटी बैठक फाइल फोटो

काठमाडौँ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ ।

लामो समयदेखि कुनै समूहमा सामेल नभएका उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् । नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उनीहरु निस्किएका छन् । माधव समूहले यो बैठक रोक्न आग्रह गरेको थियो । तर ओलीले भने मानेनन्।

नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै सरकार र पार्टीका विरुद्ध विभिन्न हल्ला फैलाइएको बताएका छन् ।

बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकार र पार्टीलाई कमजोर पार्न खोजिएको जिकिर गरे । “पार्टी र सरकारका विरुद्ध स्याल हुइयाँ मच्चाइरहेका छन् । तर, स्याल हुइयाँ टिक्नेवाला छैन। फेरि पनि नेपालको राजनीति एमालेलाई नै केन्द्रविन्दु वरिपरि रहेर अघि बढ्छ ।” उनले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !