६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीका वकिलको बहस सकिएपछि सभामुखका कानून व्यवसायीले बहस गर्ने


अग्नि सापकोटा फोटो फाइल

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सभामुख अग्नि प्रसाद सापकोटाका कानून व्यवसायीले बहस गर्नेछन् । आज सभामुख सापकोटाका तर्फबाट ५ जना कानून व्यवसायीले बहस गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा भइरहेको छ ।

सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसमा सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ता, श्यामप्रसाद खरेल, वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।

आज सरकारी पक्षको बहस सकिएपछि सभामुखका तर्फबाट बहस सुरु हुने भएको हो । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै संसद् पुनःस्थापनाको माग सहित सभामुख सापकोटाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रधानमन्त्री ओलीको तर्फवाट बाँकी रहेको १ घण्टा ३० मिनेटमा १३ जना वकिलले बहस गर्दैछन् । आज प्रधानमन्त्री कानून व्यसायीको सुनुवाइ सकिएपछि सभामुखका कानून व्यवसायीको १ घण्टा बहस हुनेछ । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् ।

जवाफ सकिएपछि अदालतको सहयोगी (एकीकस क्युरी) को बहस हुनेछ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ ।

उक्त विवादमा ३० वटै रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !