प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत नपाएपछि अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको भन्दै प्रश्न गरेका छन् ।
अधिवक्ता परशुराम कोइरालालाई प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले आफूले विश्वासको मत नपाएपछि आफ्नो दलको समर्थन अरुलाई दिने दायित्व किन निर्वाह नगरेको भनी प्रश्न गरेका हुन् ।
प्रधानन्यायाधीशले प्रश्न गरे, “सम्माननीय प्रधानमन्त्रीले भोट अफ कन्फिडेन्ट प्राप्त गर्ने अवस्था छैन भने संविधान जिउँदो राख्न अरुलाई समर्थन गर्ने उहाँको दायित्व होइन ?”
“पार्टीको नेताको हैसियतले उहाँले आफ्नो (नेतृत्वमा) मात्र बनाउनुपर्थ्यो र १२१ को समर्थन अरुलाई दिएको भए सरकार बनाउँथ्यो होला, त्यो दायित्वबाट प्रधानमन्त्री किन विमुख हुनुभयो ?”, उनले भने।