१२ बैशाख २०८१, बुधबार

देउवालाई शशांकको चेतावनी : देउवा जस्तालाई हराउन सक्ने उम्मेदवार मै हुँ


काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारका लागि आधा दर्जन बढी आकांक्षी छन् । शेरबहादुर देउवादेखि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, सुजाता कोइराला, शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, गोपालकृष्ण श्रेष्ठलगायत नेताहरु सभापतिमा उठ्ने भएका छन्।

शशांक कोइराला परिवारबाटै डा.शेखर पनि सभापतिका दावेदार हुन् । अनलाइनखबरसँग कुरा गर्दै कोइरालाले भने, ‘शेरबहादुर देउवालाई म बाहेक अरुले हराउन सक्दैन, पार्टीलाई एकढिक्का बनाउन म सभापति हुनुपर्छ ।’

रामचन्द्र पौडेल, प्रकाशमान सिंह मात्र होइन, दाजु डा. शेखरलाई समेत मनाएर आफू सभापतिको उम्मेदवार बन्ने र देउवालाई हराउने उनको दाबी छ ।

“प्रकाशमानलाई मेरो प्रस्ताव छ, पाँच वर्ष पार्टी चलाएपछि फेरि सभापतिमा दोहोरिने मेरो कुनै इच्छा छैन । अहिले मलाई सहयोग गर्नुस्, अर्काे पटक तपाईंलाई म सहयोग गर्छु ।”, उनले भनेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !