२२ बैशाख २०८१, शनिबार

संसद विघटन बिरुद्धको रिटमा संवैधानिक इजलासमा सरकारी वकिलको बहस जारी


संवैधानिक इजलास फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभा विघटन बिरुद्ध रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी रहेको छ । आज बुधवार सरकार पक्षबाट सह-न्यायाधिवक्ता गोपाल प्रसाद रिजालको बहस जारी रहेको छ । उनलाई १५ मिनेटको समय दिइएको छ ।

सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले एकपटक विश्वासको मत लिन सक्दिन भनेपछि पुनः प्रधानमन्त्रीका लागि दावी गर्न मिल्ने नमिल्ने र प्रधानमन्त्रीको दुराशय रहे नरहेको विषयमा १५ मिनेट व्याख्या गर्दैछन् ।

आज बुधवार ५५ मिनेटभित्र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरु गोपाल प्रसाद रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप-न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्नेछन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज पनि सरकारी पक्षको बहस जारी रहेको हो ।

सरकारी वकिलले बहस सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन ब्यवसायीले बहस गर्नेछन् । प्रधानमन्त्रीका कानुन ब्यवसायीलाई बहसका लागी ७ घण्टा समय छुट्याइएको छ ।

सरकारको तर्फबाट बहस सकिएपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि, कांग्रेस सभापति शेर बहादुर देउवा सहित १४६ जना सांसदको तर्फबाट जवाफी बहस हुनेछ । रिट निवेदक पक्षले दिने जवाफ सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी) को बहस शुरु हुनेछ ।

जवाफी बहसपछि एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ताहरु राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले आ-आफ्नो राय दिनेछन् । अन्त्यमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !