१४ बैशाख २०८१, शुक्रबार

भावी आईजीपीको एकल दाबेदार रहेका एआईजी विश्वराज पोखरेलको ढोका गृहमन्त्रीले गरे बन्द


विश्वराज पोखरेल

काठमाडौँ । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल बहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत डीआईजी थापालाई मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । डीआईजी थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेसंगै भावी आईजीपीका लागि विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

एआईजी पोखरेललाई आईजीपीको एकल दाबेदार बनाउने गरी सरकारले २७ कात्तिकमा एआईजीको एउटा दरबन्दी थपेर बढुवा गरेको थियो । उक्त निर्णयको व्यापक आलोचना भएपछि संसदको राज्य व्यवस्था समितिले पनि बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो ।

तर संसदीय समितिको निर्देशनलाई वेवास्ता गर्दै सरकारले पोखरेललाई एआईजीमा बढुवा गर्‍यो । हाल पुनः एक एआईजीको दरबन्दी थप्दै विगतको गल्तीलाई सच्याइएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् । हालका आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु