१४ बैशाख २०८१, शुक्रबार

नेपालप्रति चौधरीको टिप्पणी : आगामी निर्वाचनपछि तपाईं त्यहीँ पुग्नुहुन्छ, जहाँ आज सिपी मैनाली छन् !


शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले हेर्दा हेर्दै यति ठुलो बिचलन माधव नेपालमा देख्न परेको बताएकी छन् । “फँस्नु भयो कमरेड फँस्नु भयो तपाईं । निस्क्नै नसक्ने गरि कांग्रेसको जालमा पर्नुभयो ।”, नेतृ चौधरीले नेपाललाई भनेकी छन् ।

नेतृ चौधरीले भन्छिन, “शेरबहादुरलाई प्रधानमन्त्री बनाउने, त्यसपछि पार्टी बिभाजन गर्न सजिलो पर्ने गरि शेरबहादुरले अध्यादेश ल्याइदिने, अनि तपाईंले पार्टी विभाजन गरिदिने, चुनावी सरकारको नेतृत्व तपाईंले गर्ने, आगामी निर्वाचनमा तपाईंलाई कांग्रेसले जिताईदिने, चुनावी गठबन्धन गर्ने, कांग्रेसले तपाईंलाई एमाले भन्दा ठुलो पार्टी बनाई दिने, वा कमरेड वा तपाईं सपना !!”

नेतृ चौधरीले सामाजिक संजालमा लेखेकी छन्, “कमरेड माधव नेपाल हार्दिक अभिवादन ।नेकपा (एमाले ) को तपाईं आदरणीय नेता हुनुहुन्थ्यो, श्रद्धेय हुनुहुन्थ्यो । हेर्दा हेर्दै यति ठुलो बिचलन तपाईंमा देख्न पर्‍यो । फँस्नु भयो कमरेड फँस्नु भयो तपाईं । निस्क्नै नसक्ने गरि कांग्रेसको जालमा पर्नु भयो । शेरबहादुरलाई प्रधानमन्त्री बनाउने , त्यसपछि पार्टी बिभाजन गर्न सजिलो पर्ने गरि शेरबहादुरले अध्यादेश ल्याइदिने, अनि तपाईंले पार्टी विभाजन गरिदिने, चुनावी सरकारको नेतृत्व तपाईंले गर्ने, आगामी निर्वाचनमा तपाईंलाई कांग्रेसले जिताईदिने, चुनावी गठबन्धन गर्ने, कांग्रेसले तपाईंलाई एमाले भन्दा ठुलो पार्टी बनाई दिने, वा कमरेड वा तपाईं सपना !!

यो स्ट्याटस सुरक्षीत होस, साथीहरु स्क्रिनसट गरेर राख्नुहोस, पछि मलाई देखाउनु होस, म चुनौती दिन्छु । निर्वाचन पछि तपाईं त्यहीँ पुग्नुहुन्छ जहाँ आज सिपी मैनाली छन । कांग्रेसलाई आफैंभित्र सकस हुनेछ, आफ्नै पार्टीभित्रको गुटकालागि टिकटको भागबन्डा मिलाएर बितरण गर्न उसलाई आफैलाई सकस हुनेछ । तपाईंको पार्टीलाइ कांग्रेसले भाग छुट्याई दिने, प्रचण्डलाई छुट्याईदिने, बाबुराम उपेन्द्रलाइ छुट्याएर दिने अनि कांग्रेसका मतदाताले तपाईंहरुलाई भोट दिएर जिताई दिने, वा कमरेड वा तपाईंको दिवा सपना । राष्ट्रियसभाको उपनिर्बाचन जस्तै ठान्नु भयो की क्याहो कमरेडले । कमरेडको राजनीति हेर्दाहेर्दै कांग्रेसको शरणमा .. भो कमरेड भो , पतनको बाटो नजानुहोस ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !