८ बैशाख २०८१, शनिबार

प्रमुख सचेतक भट्टराईको चेतावनी : अब वेदुराम भुसाल सांसद रहिरहन सक्दैनन्


खिमलाल भट्टराई

काठमाडौँ । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले एमाले नेता वेदुराम भुसाल सांसद रहिरहन नसक्ने दावी गरेका छन् । भुसालले आफू स्वतन्त्र सांसद रहन चाहेको भनेर संसद सचिवालयमा पत्र पठाएको सन्दर्भमा भट्टराईले स्वतन्त्र हैसियतमा रहन सक्ने तर सांसद रहिरहन नसक्ने बताएका हुन् ।

भुसालले पार्टी र आन्दोलनमाथि गद्दारी गरेको भन्दै भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘यो पत्रसँगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन् । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन् तर सांसद भइरहन सम्भव हुँदैन ।

किनभने दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी हुने भनेको छ ।

त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुईमध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन । सूर्य चिह्न र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ? यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !