७ बैशाख २०८१, शुक्रबार

कोर्स करेक्सन गरेर आए ओलीलाई स्वागत गर्नुपर्छ : माधव नेपाल


देउवा, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले विपक्षी गठबन्धनले बिहीबार सम्पादकहरुसँग गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने बताएका छन् ।

नेता नेपालले ओली दक्षिणपन्थी बाटोमा रहेको बताए । आफूहरु देशमा रहेका सबै सकारात्मक शक्तिसँग सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै उनले भने, ‘मानिस हुन्, कहिलेकाहीं गल्ती हुन्छ । त्यसलाई स्वीकार गरेर कोर्स करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !