२ असार २०८१, शनिबार

दुई दर्जन मन्त्री हुँदा देश हाँकेको त देखिएन : नेता धनराज गुरुङ


धनराज गुरुङ् फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ ओत प्रश्न गरेका छन्। नेता गुरुङले प्रधानमन्त्रीले दुई दर्जन मन्त्री हुँदा भ्रष्टाचारको “रथ” त हाँक्नु भएकै हो तर देश हाँकेको नदेखिएको बताएका छन् ।

नेता गुरुङले सामाजिक संजालमा लेखेका छन्, “१) “चार मन्त्रीले देश हाँक्न सक्दैनन्”- प्र.म.ओली ।प्र.म.ज्यु! दुई दर्जन मन्त्री हुँदा तपाईंले भ्रष्टाचारको “रथ” त हाँक्नु भएकै हो तर देश हाँकेको त देखिएन है।२) “अदालतले अफ्ट्यारो पारेकाले काम गर्न पाइएन।”- प्र.म.ओली । प्र.म.ज्यु! “नाच्न नजान्ने आँगन टेडो”कि कसो प्र.म.ज्यु?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !