३ असार २०८१, आइतबार

यो देशमा बाँच्न पाउने अधिकार ठुलाबडालाई मात्रै छ ? : धनराज गुरुङ


धनराज गुरुङ

नेपाली कांग्रेसका नेता धनराज गुरुङले कोरोना भाइरसविरुद्धको केही लाख खोपको मात्रा आएको र ठुलाबडाले लुछाचुँडी गरेको आरोप लगाएका छन् । नेता गुरुङले ठुलाबडाले लुछाचुँडी गर्दा सर्वसाधारणले खोप नपाएको बताएका छन् ।

नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार सर्वसाधारणका लागि नभै ठुलाबडाका लागि मात्रै हो ? भन्दै प्रश्न गरेका छन्। नेता गुरुङले यो देशमा बाँच्न पाउने अधिकार ठुलाबडालाई मात्रै छ ? भन्दै प्रश्न गरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “केही लाख खोपको मात्रा आयो। ठुलाबडाले लुछाचुँडी गरे।सर्वसाधारणले खोप पाएका छैनन्। @PM_Nepal ज्यु! सरकार सर्वसाधारणका लागि नभै ठुलाबडाका लागि मात्रै हो?यो देशमा बाँच्न पाउने अधिकार ठुलाबडालाई मात्रै छ?सर्वसाधारणले खोप कहिले पाउँछन् सरकार?सर्वसाधारणले खोप कहिले पाउँछन् सरकार?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !