२३ बैशाख २०८१, आइतबार

बिहीबार अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेस-एमाओवादीको तयारी


deuwa-and-prachanda

प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएर तत्काल मार्ग प्रसस्त गर्ने सम्भावना कम देखिएपछि कांग्रेस र एमाओवादीले बिहीबार नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेसका एक नेताले भने, ‘एमाओवादीले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन, बिहीबार विहान प्रधानमन्त्रीलाई भेटेर उसले समर्थन फिर्ता लिने सहमति भएको छ। त्यसपछि हामी अर्को कदम चाल्नेछौं।’

के तपाईंहरू अविश्वासको प्रस्ताव दर्ता गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘एमाओवादीले समर्थन फिर्ता लिने जनाउ दिइसकेपछि अल्पमतमा प्रधानमन्त्रीले राजीनामा नदिने हो भने हामीले चाल्ने अर्को ‘लजिकल स्टेप’ अविश्वासको प्रस्ताव नै हो।’

कांग्रेसका अर्का नेताले अविश्वासको प्रस्ताव दर्ता गर्न आवश्यक २५ प्रतिशत हस्ताक्षर संकलन भइसकेको जानकारी दिए। उनले पहिले नै संसदमा पारित कार्यविधिअनुसार सो कार्यविधिमा तोकिएको बाहेक अन्य विषयका हकमा पुरानै नियमावली लागू हुने स्पष्ट उल्लेख रहेकोले अविश्वासको प्रस्ताव लैजान कुनै कानुनी र संवैधानिक अड्चन नरहेको जिकीर गरे।

केही संविधान र कानुनविदहरूले नयाँ नियमावलीको अभावमा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा पर्न सक्ने औंल्याएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !